दफा ६५१
अधिकार प्रत्यायोजन गर्नेले दायित्वबाट फुर्सद नपाउनेः

कसैले कुनै व्यक्तिबाट कुनै काम गर्न जिम्मेवारी पाएकोमा त्यस्तो व्यक्ति प्रतिको दायित्व प्रतिकूल नहुने गरी निजले त्यस्तो काम गर्न आफ्नो सबै वा कुनै अधिकार अर्को कुनै व्यक्तिलाई प्रत्यायोजन गरेको कारणबाट निज आफ्नो दायित्वबाट फुर्सद पाउने छैन ।